कञ्चनपुरमा जीपको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु

छिनोफानो   बिहिबार २१, असार २०८० ११:५३


कञ्चनपुरमा जीपको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजेको समयमा जिल्लाको कृष्णपुर नगरपालिका-५ आमखैया सडकमा बा ०१००२५ च ३६३४ नम्बरको जीपको ठक्करबाट साईकलयात्री एक जना साईकल यात्रीको मृत्यु भएको हो ।

 

यस्तै उक्त जीपको ठक्करबाट मृत्यु हुनेमा कृष्णपुर नगरपालिका-१ का ५९ वर्षीय अमर साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चापुरले जनाएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका साँउदलाई अत्तरीयाको पदमा अस्पताल हुँदै धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु