कैलालीमा लागु औषध खैरो हेरोइनसहित तिन जना पक्राउ

छिनोफानो   बिहिबार २१, असार २०८० ०१:१०


कैलालीमा लागु औषध खैरो हेरोइनसहित तिन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका ८ धनगढीगाउँबाट राम विलास राना, धनगढी उप—महानगरपालिका ३ सब्जिमण्डीबाट ज्ञानु धामी र मनोज के.सी बुधवार लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

 

धनगढी उप—महानगरपालिका ८ बस्ने ३४ वर्षीय राम विलास रानालाई ६०० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित बुधवार साँझतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

 

त्यसैगरि, धनगढी उप—महानगरपालिका २ बस्ने २० वर्षीय ज्ञानु धामी र २० वर्षीय मनोज के।सी।लाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु