धनगढीमा महिला र पुरुष मृत्य अवस्थामा फेला

छिनोफानो   बिहिबार २१, असार २०८० ०१:२८

कैलालीको धनगढीमा एक जना महिला र एक जना पुरुष मृत्य अवस्थामा फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका २६ वर्षीया गंगा भट्ट र २८ वर्षिय तोयनाथ ओझा मृत अवस्थामा फेला परेका हुन् । 

तारानगरमा डेरा गरी बस्ने गंगा झुण्डिएको अवस्थामा बेहोस भेटिएपछि उनका श्रीमानले सेती प्रादेशिक अस्पताल पुगाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले बताए । उनका अनुसार तोयनाथ ओझा पनि आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी कञ्चनपुरको भीमदत्त नगरपालिका-९ घर भएर धनगढीमा दुई जना छोराछोरीसहित श्रीमानसँगै बस्दै आएकी थिइन् । मृत भेटिएका भट्ट र ओझाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । दुवै जना मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु