कैलालीमा नदीमा डुुबेर एक जना पुरुषको मृत्यु

छिनोफानो   बिहिबार २१, असार २०८० ०१:५०

कैलालीमा नदीमा डुुबेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुरका ४५ वर्षिय गणेश चौधरीको नदीमा डुबेर मृत्यु हो । 


बुधवार नदीमा डुबेर बेपत्ता भएका चौधरी बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार खेतमा रोपाई गर्न गएका चौधरीको स्थानीय कटैनी नदीमा डुबेर मृत्यु भएको हो ।

स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा बिहीवार उनको शव भेटाएको हो । घटनास्थलबाट मृतकको शव परीक्षणका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएकोे छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु