धनगढीबाट भन्सारछलीका सामान सहित महिला पक्राउ

छिनोफानो   बिहिबार २१, असार २०८० ०२:२६

कैलालीको धनगढीबाट भन्सारछलीका सामान सहित एक महिला पक्राउ परेकी छन् । बुधवार जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट भन्सारछलीका सामानसहित ३५ वर्षीया रतना नाथ पक्राउ परेकी हुन् ।

 

उनलाई ३१ हजार ६ सय २० रुपैयाँ बराबरका भन्सारछलीका सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ की उनी भन्साछलीको आटा, सोनापापडी, केक जेल, नरिवलको धुलो, नमकिन लगाएतका सामानसहित पक्राउ परेकी हुन् । 

 

यस्तै धनगढीबाट २० हजार पाँच सय मूल्यका चिनी, सुट, सुर्ती, मिश्री, बिडी, प्लास्टिकका झिल्लीसमेत बुधवार साँझ प्रहरीले बरामद गरेको छ। धनगढीको मिलनचोकबाट बेवारिसे सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु