डडेलधुरा पुगेर रविले गरे देउवाको प्रशंसा

छिनोफानो   बिहिबार २१, असार २०८० ०४:४६

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादर देउवाको प्रशंसा गरेका छन् । देउवाको गृहजिल्ला सदरमुकाम बसपार्क पुगेका लामिछानेले पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै देउवाको प्रशंसा गर्दै देशमा ल्याएको राजनीतिक परिवर्तनका लागि धन्यवादसमेत दिए ।

‘म विशेष धन्यवाद दिन चाहन्छु आदरणीय नेता शेरबहादुर देउवाज्यूलाई । एउटा गरिब किसानको छोरो यो देशको प्रधानमन्त्री बन्न सक्छ भने हरेक चिज हुनसक्छ,’ उनले भने, ‘प्रधानमन्त्री भएपछि देशप्रति इमान्दार हुनुपर्यो र निष्ठावान् हुनुपर्यो । अब बन्ने डडेल्धुराको नेताले आफ्नो परिवारको लागि भन्दा देश र माटोको लागि खर्च गर्नुपर्छ भन्न म यहाँ आएको हो ।’

लामिछानेले छाती ठोकेर रास्वपा प्रवेश गर्न आग्रह गर्दै आफ्ना गौरवशाली पुराना पार्टीहरूसँग नडराउन आग्रह गरे । ‘तपाईंहरूको पार्टीको गौरवशाली इतिहास छ । तपाईंको दल हिजो शासकहरूको बन्दुक र गोलीसँग नडराएको सिपाही भएर आज सत्यको पक्षमा यहाँ उभिँदा कारबाही गर्छ भनेर डराउनुहुन्छ भने त्यो डरले यो देशलाई सक्छ,’ उनले थपे, ‘त्यो डर निकालिदिनुहोला। त्यो डराउँछ, त्यसको लुक्ने ठाउँ नै हुँदैन। अब छाती ठोकर स्वतन्त्र पार्टीमा गएँ भनेर भन्दिनु भए हुन्छ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु