कञ्चनपुरमा १ लाख बढीको सामानसहित मोटरसाईकल बेवारिसे अवस्थामा फेला

छिनोफानो   बिहिबार २१, असार २०८० ०४:५९

कञ्चनपुरमा १ लाखभन्दा बढीको सामानसहित मोटरसाईकल बेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको कृष्णपुर नगरपालिका-५ बनदेबी जंगल नजिक उक्त सामान र मोटरसाईकल फेला परेको हो ।


बनदेबी जंगल  नजिकबाट अबैध रुपमा भन्सार छलि गरि ल्याइएको अन्दाजी मुल्य  १ लाख ३० हजार बराबरको सामान बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 


प्रहरीका अनुसार मरेका बैखा जातको माछा र से४प ४६९ नम्बरको मोटरसाईकल बुधबार साँझतिर बेवारिसे अवस्थामा फेला परेको र उक्त सामान र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु