अभिनेता सारुक ताम्राकार मृत अवस्थामा फेला

छिनोफानो   शुक्रबार २२, असार २०८० ११:१०

अभिनेता सारुक ताम्राकार मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको रातोपुलस्थित उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । 

शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रिजालले बताए । 

ताम्राकारले फिल्म रानी, मेरी मामु र इन्टु मिन्टु लण्डनमा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु