कञ्चनपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ

छिनोफानो   शुक्रबार २२, असार २०८० ११:३३

 कञ्चनपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-९ ब्रहमदेवबाट लागुऔषधसहित २ जना युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कञ्चनपुरले जनाएको छ ।  

 

यस्तै पक्राउ पर्नेमा वेदकोट नगरपालिका-१० नँयागाउँका २७ वर्षीय हरेन्द्र धामी र वेदकोट-७ सुडाका २१ वर्षीय नबिन डगौरा रहेका छन् । उनीहरुलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो । 

 

इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिईएको प्रहरी टोलीले शंका लागि चेकजाँचगर्दा दुबैजनाको साथबाट १०२ पिस(सिसी) फेनारगन लागुऔषध फेलापारी पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु