कञ्चनपुर प्रशासनले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म राहदानी सेवा दिने

छिनोफानो   शुक्रबार २२, असार २०८० १२:३९

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आईतबारदेखी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म राहदानी सेवा दिने भएको छ । राहदानी बनाउनेहरुको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म राहदानी सेवा दिने भएको हो । 

 

राहदानी सेवालाई छिटो छरितो प्रवाह गर्नका लागि कार्यालय समय बाहेक अतिरिक्त चार घण्टा समय थप गरी सेवा विस्तार गरिने भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए । 

 

कार्यालयले आईतबारदेखी बिहिबारसम्म बिहान ८ बजेदेखि ६ बजेसम्म र शुक्रबार ८ बजेदेखि ४ बजेसम्म सेवा दिने जनाएको छ । त्यसैगरी राहदानीको अनलाईन फर्म भर्न नजान्नेहरुका लागि निःशुल्क फर्म भर्ने व्यवस्था समेत मिलाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु