धनगढीबाट प्रतिबन्धित मासु बरामद

छिनोफानो   शुक्रबार २२, असार २०८० ०१:०६

कैलालीको धनगढीबाट प्रतिबन्धित मासु बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ चेकप्वाइन्ट इलाकामा नेपालमा प्रतिबन्धित आवश्यक कागजात नभएको काटेको खुला मासु बरामद गरिएको हो । 

शुक्रबार विहान करिब १० हजार ८ सय मुल्य बराबरको २७ दशमलव ५ किलो कुखुराको मासु सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले बरामद गरेको हो । 

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १२ (२) अनुसार बरामद गरिएको मासु सीमा सुरक्षा गुल्म त्रिनगरको परिसरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु