कैलालीमा लागुऔषधसहित ४ जना युवा पक्राउ

छिनोफानो   शुक्रबार २२, असार २०८० ०१:४२

कैलालीमा लागुऔषधसहित ४ जना युवा पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट ६३० मिलिग्राम लागुऔषधसहित ४ जना युवा पक्राउ परेका हुन् ।  

यस्तै पक्राउ पर्नेमा गोदावरी नगरपालिका-७ का २८ वर्षीय विनोद पुनमगर र गोदावरी-२ का १८ वर्षीय विरेन्द्र बिष्ट रहेका छन् । उनीहरुलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुमाथी शंकालागि चेकजाँचगर्दा उनीहरुको साथबाट लागुऔषध फेलापारी से २ प १६३८ नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको हो । यस्तै धनगढी-३ बाट ८०० मिलिग्राम लागुऔषधसहित धनगढी-२ का २७ वर्षीय रोहित बुढाथापालाई पक्राउ परेका छन् । 

यस्तै गोदावरी नगरपालिका-१ धनगढी रोडमा गेटा-५ का २८ वर्षीय दिपेन्द्र अवस्थीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँचगर्दा उनको साथबाट लागुऔषध फेलापारी पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु