बाजुरामा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षका छोरा पक्राउ

छिनोफानो   शुक्रबार २२, असार २०८० ०१:५६

बाजुरामा कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्षका छोरा पक्राउ परेका छन् । कर्मचारीमाथि हातपात र गालीगलौज गरेको आरोपमा बाजुराको बुढीगंगा नगरपालिका-७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसी पक्राउ परेका हुन् ।

 

बिहीबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उपेन्द्र साउँदलाई हातपात र गालीगलौज गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) कवीन्द्र बोहराले बताए ।

 

योजनाको काम कम भएको, तर बिल उठाएर पूरै भुक्तानी दिनुपर्ने भन्दै केसीले कर्मचारीमाथि हातपात र गालीगलौज गरेको नगरपालिकाका कर्मचारीको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु