अभिनेता सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

छिनोफानो   शुक्रबार २२, असार २०८० ०४:४२

अभिनेता सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बिहीबार बेलुका अभिनेता ताम्राकार काठमाडौंको रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । 

प्रहरीले प्रारम्भिक अवस्थामा उनको मृत्यु आत्महत्याबाट भएको बताएपनि थप अनुसन्धान हुने जनाएको छ । उनको मृत्युको खबर सार्वजनिक भएपछि फिल्म क्षेत्र निकै स्तब्ध बनेको छ ।


उनलाई अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह आर्यघाटमा फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । सारुकसँग ‘इन्टु मिन्टु लण्डन’मा सहकार्य गरेका को-स्टार धीरज मगरदेखि पाका अभिनेता शिव श्रेष्ठसम्मको उपस्थिति पनि रहेको थियो । सारुकको शवलाई त्यहाँ लैजाँदा आर्यघाटको माहोल स्तब्ध र भावुक बनेको थियो । कतिपय कलाकारले अभिनेताको सम्झनामा आँसु बगाए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु