बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

छिनोफानो   शुक्रबार २२, असार २०८० ०६:०२

बैतडीमा नाबालिकालाइ जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर-५ कुवाकोट घर भएका राकेश कुँवर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु