कैलालीमा लागुऔषध खैरो हिरोइन सहित ४ जना युवक पक्राउ

छिनोफानो   शुक्रबार २२, असार २०८० ०६:१२

कैलालीमा लागुऔषध (खैरो हिरोइन) सहित ४ जना युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-१ तिल्केनीबाट लागुऔषध (खैरो हिरोइन)सहित प्रहरीले ४ जना युवकलाई पक्राउ गरेको हो ।
  
यस्तै लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ का आकाश चौधरी, प्रितम सोप, बिमल शाही र प्रोसेश सोप रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रहरीका अनुसार विमल शाहीले पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखेका १६ थान पोका १ ग्राम ६०० मिलिग्राम (प्लाष्टिकसहितको तौल) लागुऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ फेला पारी बरामद गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु