डोटीमा घर भत्किएर च्यापिँदा एक महिलाको मृत्यु

छिनोफानो   शनिबार २३, असार २०८० १०:००

डोटीमा घर भत्किएर च्यापिँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मलासीको घर भत्किएर च्यापिँदा मृत्यु भएको हो ।

शनिवार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमान्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु