कैलालीबाट अवैध ब्रोइलर कुखुरासहित एक जना युवक पक्राउ

छिनोफानो   शनिबार २३, असार २०८० १०:१२

कैलालीबाट भन्सार छलीका ब्रोइलर कुखुरासहित एक जना युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका-१७ बाट भन्सार छलीका ब्रोइलर कुखुरासहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको हो । 

 

यस्तै उक्त भन्सार छलीका ब्रोइलर कुखुरासहित पक्राउ पर्नेमा धनगढी उप—महानगरपालिका-१७ का २५ वर्षीय दिपक बोहरा रहेका छन् । उनलाई धुर्जन्नामा भारतबाट भन्सार छली ८० हजार रुपैयाँ बराबरको २५० किलोग्राम ब्रोइलर कुखुरासहित शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार बरामद गरेका ब्रोइलर कुखुरालाई नष्ट गरि बोहरालाई आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु