दार्चुलामा खोलामा खसेर एक पुरुषको मृत्यु

छिनोफानो   आइतबार २४, असार २०८० ०१:३८

दार्चुलामा सडकबाट खोलामा खसेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका-६ हरडीगाड खोलामा खसेर सोही ठाउँका ५५ वर्षीय केशवराज गिरीको मृत्यु भएको हो ।

शनिवार साँझ मालिकार्जुनकै बाँकुबाट चिउरानी घरतर्फ जाने क्रममा सडकबाट ६० मिटर तल खोलामा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु