कैलालीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ

छिनोफानो   आइतबार २४, असार २०८० ०१:५६

कैलालीमा अवैध भन्सार छलीको सामानसहित एक महिला पक्राउ परेकी छन् । जिल्लाको धनगढी उप—महानगरपालिका ३ फिसिङ रिपोर्ट नजिकबाट अवैध भन्सार छली गरी ल्याउँदै गरेको सामानसहित सोही ठाउँ बस्ने ३२ बर्षीया लीला विष्ट धामी हिजो (शनिवार) साँझ पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार अन्दाजी ९०,००० रुपैयाँ बराबरको मोबाइल डिस्प्ले, मोबाइल ग्लास, कुर्ती लगायतका सामानहरू सहित प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु