ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव राउत पक्राउ

छिनोफानो   आइतबार २४, असार २०८० ०६:१२

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत राउतलाई ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका छन् ।

काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।  ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनलाई प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो ।

२०६६/०६७ ताका प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएका थिए । त्यही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगत रुपमा सदर गरेर मन्त्रिपरिषद्मा पुर्‍याइएको थियो । त्यस बेला माधवकुमार नेपाल प्रधानमन्त्री थिए । उपप्रधान तथा भौतिक तथा योजनामन्त्री विजय गच्छदार, सचिव दीप बस्न्यात तथा भूमि सुधार सचिव छविराज पन्त थिए ।

सट्टाभर्नामा नेपाल सरकारको नाममा रहेको करिब २५ रोपनी जग्गा हिनामिना भएको थियो । सोही प्रकरणमा मन्त्रालयबाट टिप्पणी उठाएका त्यस बेलाका शाखा अधिकृत राउत पक्राउ परेका हुन् । यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु