धनगढीबाट एक युवतीसहित लागूऔषधमा संलग्न दुई जना पक्राउ

छिनोफानो   आइतबार २४, असार २०८० ०६:१६

कैलालीको धनगढीबाट एक युवतीसहित लागूऔषधमा संलग्न दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागूऔषधसहित शनिवार दिउँसो एक युवतीसहित दुई जना पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका-८ का १९ वर्षीय रन्जीत राना र २० वर्षीया युवती पुष्पा राना लागूऔषधसहित पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु