कैलालीमा लागुऔषधसहित २ जना युवक पक्राउ

छिनोफानो   सोमबार २५, असार २०८० ११:२८

कैलालीको टीकापुरमा लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर-१ गणेशपुरबाट उक्त २ जना युवकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन् । 

 

यस्तै टीकापुर नगरपालिका वडा नम्बर-१ गणेशपुरका २५ वर्षीय अनिल चौधरी र ब्लक नम्बर-१९ का २५ वर्षीय डायमण्ड बिक्रम शाहलाई प्रहरीले आइतवार पक्राउ गरेको जनाएको छ । शंकालागि चेकजाच गर्दा शाहले लगाएको हाफ पाईन्टको दाँया तर्फको खल्तिमा लुकाई छिपाइ राखेको १८० मिलिग्राम खैरो हेरोइन र चौधरीले बोकेको झोला भित्र ५२० मिलिग्राम लागुऔषध फेलापारी उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

 

चौधरीको घरको कोठासमेत खानतलासी गर्दा कोठाबाट २ ग्राम ९०० मिलिग्राम लागुऔषध फेला पारी बरामद गरेको प्रहरीले बताएको छ । दुबैलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेकोे छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु