अछामको औद्योगिक ग्राममा छ वटा उद्योग सञ्चालनमा

छिनोफानो   सोमबार २५, असार २०८० १२:१०

अछामको औद्योगिक ग्राममा छ वटा उद्योग सञ्चालनमा आएका छन् । जिल्लाको मेल्लेख गाउँपालिकामा स्थापना गरेको ग्राममा छ वटा उद्योग सञ्चालनमा आएका हुन् ।

 

सञ्चालनमा उद्यमीलाई तालिमसँगै उत्पादनको बजारीकरण सुरु गरेको छ । ग्राममा अल्लो गार्मेन्ट, चिप्स उद्योग, अचार, दालमोट, सिस्नोको धुलो उद्योग स्थापना भई उत्पादन सुरु गरिएको गाउँपालिकाले जनकारि दिएको छ । ती उद्योगबाट २१ जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । ग्रामभित्र उद्योग सञ्चालन गरी उद्यमीलाई तालिम सुरु गरेको गाउँपालिकाले जनाएको हो ।

 

सरकारले चार वर्षअगाडि औद्योगिक ग्राम घोषणा गरे पनि हालसम्म अछामको मेल्लेख गाउँपालिकाले मात्र ग्राम स्थापना गरी सञ्चालनमा ल्याएको छ । अन्य ठाउँमा भने ग्राम निर्माणकै क्रममा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चालु आवमा सरकारले १५ वटा ग्राम घोषणा गरेको छ । देशभरका विभिन्न ठाउँमा १२० औद्योगिक ग्राम घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु