कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

छिनोफानो   सोमबार २५, असार २०८० ०१:१४

 कैलालीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-२ महेन्द्रनगर रोडका ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरासहित ७ जना पक्राउ परेका हुन् । 

उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु