बझाङमा जेसिबि दुर्घटना,चालक घाईते

छिनोफानो   सोमबार २५, असार २०८० ०१:२४

 बझाङमा जेसिबि दुर्घटना भएको छ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा जेसिबि दुर्घटना भएको हो । आज (सोमवार) बिहान ६ बजे  छबिस पाथिभेराको वडा नम्बर-४ को ब्यासी बजारको बालुवा खानीमा बा ३ झ २३३५ नम्बरको जेसिबि दुर्घटना भएको प्रहरीले बताएको छ ।

उक्त जेसिबि बिद्या ज्योती कन्ट्रक्सनको रहेको जनाइएको छ । दुर्घटना हुँदा जेसिबि चालक नुवाकोट बिदुर नगरपालिका-११ का अन्दाजी २८ वर्षीय युवराज तिमिल्सेना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । जेसिबि सडकबाट २५० मिटर तल खसेकाले पुणर् रुपमा क्षती भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु