बैतडीमा बस दुर्घटना,३९ जना घाईते

छिनोफानो   सोमबार २५, असार २०८० ०३:१६


बैतडीमा बस दुर्घटना हुँदा ३९ जना घाईते भएका छन् । जिल्लाको पञ्चेश्वर कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली-पञ्चेश्वर सडक खण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानी भन्ने स्थानमा दुर्घटना हुँदा ३९ जना घाईते भएका हुन् । 


सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी छ । 

 

हाल दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्‍याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनका अनुसार बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन बाँकी रहेको प्रहरी निरीक्षक खत्रीको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु