बैतडीमा बस दुर्घटना - एक जनाको मृत्यु

छिनोफानो   सोमबार २५, असार २०८० ०३:२६

 बैतडीको मेलौलीमा भएको बस दुर्घटनामा घाइते भएका ३९ जना मध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 


३८ जना घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घाइतेको पहिचान हुन बाँकी रहेको छ । घाइते मध्ये २२ जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु