धनगढी उपमहानगर द्धारा वडा स्वास्थ्य क्लिनिकलाई विद्युतीय गाडी हस्तान्तरण

छिनोफानो   सोमबार २५, असार २०८० ०४:२९

उपमहानगरको १९ वडा नम्बरबाट सुरु क्लिनिक प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ । वडा क्लिनिक सेवालाई थप प्रभावकारी बनाउन धनगढी उपमहानगरपालिले विद्युतीय गाडी खरिद गरेर आज स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको छ ।

१५ सिट क्षमताको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो । विद्युतीय सवारी साधन वडा क्लिनिकका लागि खरिद गरिएपछि औषधि ढुवानीका साथै विशेषज्ञ चिकित्सकले वडावडामा गएर सेवा गर्न सहज हुने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । 

यसअघि नगरप्रमुख ज्युले आफु चढ्ने गाडी उपलब्ध गराएको भए पनि सिट क्षमता कम हुँदा थोरै समस्या थियो। अब १५ सिट क्षमताको विद्युतीय गाडी नै उपलब्ध गराएपछि आजैदेखि वडा नम्बर ८ बाट काम सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु