कैलालीमा २ जना बालिका सहित होटल संचालक पक्राउ

छिनोफानो   सोमबार २५, असार २०८० ०४:४४

कैलालीमा यौनजन्य क्रियाकलापमा संलग्न २ जना बालिका सहित होटल संचालक पक्राउ परेका छन् । जिल्लाको लम्की बसपार्कमा रहेको संज्याल होटलबाट २ जना बालिका सहित होटल संचालक पक्राउ हुन् ।  

हिजो प्रहरीले छापा हान्दा यस्तो खुलेको र होटलबाट यौनजन्य क्रियाकलापमा संलग्न २ जना बालिकासहित होटल संचालक महेशप्रसाद जैसीलाई आइतबार राति नै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

उक्त पक्राउ परेकी दुई जना बालिकाको उमेर झन्डैे १४,१५ रहेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर शंकर खड्काले बताए । उनका अनुसार बालिका टीकापुर क्षेत्रकी रहेको खुलेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु