कञ्चनपुरमा दुई लाखबढीका भन्सारछलीका सामान बरामद

छिनोफानो   सोमबार २५, असार २०८० ०५:२७


कञ्चनपुरमा दुई लाखबढीका भन्सारछलीका सामान बरामद गरीएको छ । जिल्लाको भिमदत्त नगरपालिका-४ बसपार्क तथा सोहि पालिकाको वडा नम्बर-१० मा बेवारिसे अवस्थामा फेला परेको भन्सारछलीका सामान बरामद गरिएको हो । 

भन्सार छली ल्याइएको दुई लाख २० हजार चार सय मुल्यबराबरका चप्पल, सेतो कालो झिल्ली, चिनी, मिश्री, तेल, मसला, साबुन, बिडि, गुड, सोडा, जुत्ता, कम्बल, छाता, त्रिपाल, दुध पाउडर र ६ थान साइकल बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

विभिन्न समयमा सुदुरपश्चिम प्रदेश प्रहरी टोलीले ती सामान बरामद गरेको  जनाएको छ । बरामद गरेको उक्त सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु