बैतडी बस दुर्घटानका घाइतेको थप उपचारका लागी डडेल्धुरा पठाइयो

छिनोफानो   सोमबार २५, असार २०८० ०५:४४


बैतडीको मेलौलीमा भएको बस दुर्घटनामा घाइते भएका ४१ जना लाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ । बस दुुर्घटनामा परी गम्भीर घाइते भएका २५ जना सहित घाईते ४१ जनालाई थप उपचारका लागि डडेल्धुरा पठाइएकोे हो ।

 

३ एम्बुलेन्स र ९ जिपमा उनीहरुलाई थप उपचारका लागि डडेल्धुुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ । उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु