कैलालीमा एक युवती मृत अवस्थामा फेला

छिनोफानो   मङ्गलबार २६, असार २०८० १०:२४

कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको जोशीपुर गाउँपालिका-५ की २८ वर्षीया निर्मलाकुमारी बम मृत अवस्थामा फेला परेकी हुन् । 

मानसिक सन्तुलन ठिक नभएकी निर्मला चन्दको घरभित्र उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी हिजो ६ बजे कोठाभित्रै मृत फेला परेकी हुन् ।

उनी चुरे गाउँपालिका-४ जाजरीमा सहोदर भिनाजु वीरबहादुर चन्दको घरमा बस्दै आएकी थिएन् । निर्मलाको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु