बैतडी बस दुर्घटनाका घाईते मध्ये २५ जना डिस्चार्ज,६ जना धनगढी रेफर

छिनोफानो   मङ्गलबार २६, असार २०८० १०:३६

बैतडीको मेलौलीमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरु मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ । मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, संगीता रावत, दिपीका भट्ट , विसन भट्ट र बस चालक देव सिंह भण्डारीलाई डडेल्धुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको हो । 

बाँकी घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार बसमा ४४ जना सवार रहेका थिए । तीमध्ये एक जनाको मेलौलीमै मृत्यु भएको छ । सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ । ओरालो सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु