कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

छिनोफानो   मङ्गलबार २६, असार २०८० १०:४६

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । सोमबार जिल्लाको भजनी नगरपालिका वडा नम्बर-५ स्थित कौवाखेडा सिमाबाट पक्राउ परेका हुन् ।

ईलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल बिओपि पगियापसारबाट खटिएको टोलीले २५ वर्षीय दिनेश साउदलाई लागुऔषधसहित खैरो हेरोइनसहित पक्राउ गरेको हो । उनलाई भारतबाट मोटरसाइकलमा नेपाल आउदै गर्दा कौवाखेडामा शंका लागि चेकजाँच गर्ने क्रममा साथमा ९.९१ ग्राम खैरो हेरोइन फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनको साथबाट मोबाईल र मोटरसाइकल समेत बरामद गरिएको छ । हाल उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय, भजनीमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढी, कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु