कञ्चनपुरमा खाना पकाउने ग्याँस लिक हुँदा आगलागी

छिनोफानो   मङ्गलबार २६, असार २०८० १२:३८

कञ्चनपुरमा खाना पकाउने ग्याँस लिक हुँदा आगलागी भएको छ । जिल्लाको भिमदत्त नगरपालिका-९ ब्रहमदेवका रमेश बोहराको घर नजिकै रहेको नास्ता पसलमा खाना पकाउने ग्याँस सिलेण्डरबाट ग्याँस लिक भई आगलागी भएको हो ।


आगलागी हुँदा पसलभित्र रहेका किराना सर-सामान, भाडा बर्तन र काठ गरि अन्दाजी मुल्य २ लाख बराबरको सामानहरु जलेर नष्ट भएको जनाइएको छ । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु