धनगढीमा ३५ हजार बढी मुल्य बराबरका भन्सार छलीका बेवारिसे सामान फेला

छिनोफानो   मङ्गलबार २६, असार २०८० ०१:०५

धनगढीमा अन्दाजी ३५ हजार ८ सय मुल्य बराबरका भन्सार छलीका सामान फेला परेका छन् । धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट सो मल्य बराबरको सामान बेवारिसे अवस्थामा फेला परेको हो ।   

सोमवार धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट भन्सार छलीका अन्दाजी ३५ हजार ८ सय मुल्य बराबरको चिनी, सुर्ती, नरिवल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु फेला परेको प्रहरीले जनाएको छ । 

हाल उक्त बेवारिसे अवस्थामा फेला परेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु