मनाङ एयरको हेलिकोप्टर दुर्घटना-४ जनाको शव फेला,२ जनाको खोजी कार्य जारी

छिनोफानो   मङ्गलबार २६, असार २०८० ०१:२२

मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेका स्थानीहरूले ४ जनाको शव फेला पारेका छन् । घटनास्थल पुगेका स्थानीयका अनुसार हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव फेला परेको र बाँकी दुई जनाको खोजी कार्य जारी रहेको छ । 

तर शवको पहिचान अझै हुनसकेको छैन । बिहान सम्पर्कविहीन भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार रहेका थिए । ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु