मनाङ एयरको हेलिकप्टरमा सवार क्याप्टेनसहित पाँच विदेशीको परिचय खुल्यो

छिनोफानो   मङ्गलबार २६, असार २०८० ०१:२५

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त भएको छ ।

हेलिकप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ । हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकप्टरमा चढेका थिए । हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए ।

सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको हो ।

घटनास्थलमा हेलिकप्टर क्षतविक्षत् अवस्थामा देखिएको स्थानीयएल जानकारी दिएका छन् । अहिले काठमाडौँबाट गएको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको बताइएको छ । अहिलेसम्म पाँच जनाको शव भेटिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु