मनाङ एयरको हेलिकप्टर दुर्घटना- पाइलटसहित ६ जनाको मृत्यु

छिनोफानो   मङ्गलबार २६, असार २०८० ०२:५२

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटना हुदाँ सवार पाइलटसहित ६ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा चढेका ६ जनाकै शव दुर्घटनास्थलबाट संकलन गरिएको छ ।

 

हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए भने अन्य पाँचजना मेक्सिकोका नागरिक थिए । हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए । सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको थियो । 

 

दुर्घटनाको कारण भने अहिले स्पष्ट भएको छैन । स्थानीयहरुले मौसम खराब रहेको र हेलिकप्टर रुखमा ठोक्किएर खसेको बताएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले दुर्घटनास्थल नजिक दुई हेलिकप्टर अवतरण गरेको र उद्धारको प्रयास जारी रहेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु