प्रधानमन्त्री प्रचण्डद्वारा हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त

छिनोफानो   मङ्गलबार २६, असार २०८० ०२:५६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेकोप्रति दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले हेलिकप्टर दुर्घटनाको समाचारले दुखी तुल्याएको उल्लेख गरेका हुन् ।

उनले दुर्घटनामा परी मृत्यु भएका यात्रुहरूप्रति भावपूणर् श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशन दिएका छन् । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त भएको छ ।

हेलिकप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ । हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकप्टरमा चढेका थिए । हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए ।

सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु