कञ्चनपुरका एक होटेल सञ्चालकमाथि कुटपिट

छिनोफानो   शुक्रबार २९, असार २०८० ०९:५३

कञ्चनपुरका एक होटेल सञ्चालकमाथि कुटपिट भएको छ । जिल्लाको बेलौरी बजारमा रहेको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेशकुमार वडायकमाथि धारिलो बस्तुले कुटपिट भएको हो । वडायकको निधारमा गहिरो चोट लागेको छ ।

तर, कस्ले किन कुटपिट गरेको भन्ने पुष्टि भएको छैन । उनले भने अस्पतालको शय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा भिडियो हाल्दै आरआइटी र सिआइबीको टिमले कुटपिट गरेको बताएका छन् । 

उनले रातिको समयमा अचानक केही अराजक तवरका ‘डिआइजीको मान्छे’ भन्नेले आफूमाथि हमला गरेको आरोप लगाएका छन् । प्रहरीले घटनाबारे जानकारी आएको र अनुसन्धान सुरु भइसकेको बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु