डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

छिनोफानो   शुक्रबार २९, असार २०८० ०९:५६

डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको पर्शुराम नगरपालिका वडा नम्बर-५ मा सिद्धानाथ सामुदायिक वनभित्र जोगबुढा वन उपभोक्ता समिति र स्थानियहरुले बोटबिरुवा वृक्षारोपरण गर्ने क्रममा बिहीवार साँझतिर एक नाले भरुवा बन्दुक बेवारिसे अबस्थामा फेला पारेका थिए । 

बन्दुक फेला पर्नासाथ स्थानियहरुले प्रहरीलाइ जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई उक्त भरुवा बन्दुक बरामद गरि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु