जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली द्धारा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक प्रशिक्षण

छिनोफानो   शुक्रबार २९, असार २०८० ११:०२

 जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक नियम सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सभा हलमा आज (शुक्रवार) लेन अनुशासन पालना नगर्ने, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी साधन चलाई कारबाहीमा परेका सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको हो ।

लेन अनुशासन पालना, तीव्र गति र मा.प.से. सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले दिएका थिए । प्रत्येक हप्ताको शुक्रवार लिइने उक्त कक्षामा हालसम्म १४०० जना सवारी चालकलाई प्रशिक्षण प्रदान गरी सकिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु