कैलालीमा लागुऔषधसहित २ जना युवक पक्राउ

छिनोफानो   शनिबार ३०, असार २०८० ०३:२९

 
कैलालीमा लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीबाट २३० मिलीग्राम लागुऔषधसहित २ जना युवक पक्राउ परेका हुन् ।कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने २१ वर्षीय भुवन भट्टलाई कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


अत्तरियाको मोबाईल ग्यालरीबाट मोबाईल चोरी भएको निबेदनको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिईएको प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषधसहित एनरोइद मोबाइल ४ थान, बट्टन मोबाइल १ थान, नगद रकम १० हजार र बैंक अफ काठमाण्डौंको तिन वटा चेक फेला पारी पक्राउ गरेको हो । 


यस्तै टिकापुर नगरपालिका वडा नम्बर-९ खैरीपुरबाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित टिकापुर-१ का २८ वर्षीय लक्ष्मण रावललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको  प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा रावलको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु