कञ्चनपुरबाट लागुऔषधसहित ५ जना पक्राउ

छिनोफानो   शनिबार ३०, असार २०८० ०३:३२

कञ्चनपुरबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका (ङ) गाउँबाट पुनर्वास-५ का २८ वर्षीय कृष्ण प्रसाद बडुसहित दुईजनालाई प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो । उनीहरुलाई ५४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।


अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डि.कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस्तै बेलौरी नगरपालिका-१० सडकघाटबाट दोधारा चाँदनीनगरपालिका वडा नम्वर-५ का २१ वर्षीय मनिष भण्डारीसहित तीनजनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई ३३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिईएको संयुक्त प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा लागुऔषधसहित एकथान मोटरसाईकलसमेत पक्राउ गरी उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु