सुदूूरपश्चिममा नेपाल प्रहरीको अनुसन्धान समूह (आरआइटी) खारेज

छिनोफानो   शनिबार ३०, असार २०८० ०३:५१

सुदूूरपश्चिममा नेपाल प्रहरीको प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको छ । कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी टिम खारेज गरिएको हो ।


प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले दरबन्दी फिर्ता गर्दै आरआइटी टिम खारेज गरेको बताइएको छ ।  दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत ठाउँमा रमाना गरेर पठाइएकोमा आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको छ ।

शुक्रबार राती कञ्चनपुरको बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु