पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू हुँदै

छिनोफानो   आइतबार ३१, असार २०८० ११:५९

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू हुने भएको छ । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको हो । 

अब भारतबाट घटबढ भएर आउनेवित्तिकै नेपालमा पनि मूल्य तलमाथि हुनसक्ने नेपाल आयल निगमलले जनाएको छ । निगमका अनुसार अहिले हरेक १५ दिनमा एक अर्ब १० करोड रुपैया नाफा कमाउँदै आएको छ । स्वचालित मूल्य प्रणालीमा पनि निगमले ३ प्रतिशतसम्म नाफा राख्न पाउनेछ । स्वचालित मूल्य प्रणाली लागू हुँदा पनि उपभोक्ताले भने सस्तो मूल्यमा पेट्रोलियम पदार्थ नपाउने भएका छन् ।

भारतबाट आएको मूल्यमा निगमले ढुवानी, प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम  र ३ प्रतिशतसम्म नाफा जोडिने भएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्यको लागि यसअघि २०७९ सालमै कार्यविधि बनिसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु