कैलालीमा एकैदिनमा लागुऔषधसहित ६ जना पक्राउ

छिनोफानो   आइतबार ३१, असार २०८० ०४:०१

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । एकैदिनमा लागुऔषधमा संलग्न पाँच जना युवक र एक जना युवती गरी ६ जना पक्राउ परेकी हुन् । 

 

प्रहरीले धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट दुई ग्राम तीन सय मिलिग्राम लागुऔषधसहित धनगढी-४ का २८ वर्षीय रबि चौधरीलाई र गोदावरी नगरपालिका-४ गोदावरीबाट दुई ग्राम ८६० मिलीग्राम लागुऔषधसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका-४ बैबाहकी २० वर्षीया कबिता बस्नेतसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ परेका हुन् । 

 

त्यस्तै धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट १० ग्राम लागुऔषधसहित धनगढीकै बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका-२ घर भएका २२ वर्षीय मनोज चन्द लगायत डडेल्धुरा अमरगढी नगरपालिका-५ का २४ वर्षीय आकाश भट्ट पनि लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ पक्राउ गरेको प्रहरी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु