भीमदत्तका ६ निजी मेडिकल मेडिकलमा प्रहरीको छापा, चारजना पक्राउ

छिनोफानो   आइतबार ३१, असार २०८० ०४:१८

कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाका ६ निजी मेडिकलमा छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकलमा छापा हानेको हो । 

कञ्चनपुर प्रहरीले आइतबार गैरकानुनी रूपमा औषधि बेचबिखन गर्दै आएका औषधि पसलमा कारबाही गरेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कमल थापालले विनाइजाजत गैरकानुनी रूपमा औषधि बिक्री-वितरण गर्दै आएका निजी औषधि पसलमा छापा हानेको बताए । उनका अनुसार विनाइजाजत गैरकानुनी रूपमा औषधि बिक्री-वितरण गर्दै आएका निजी औषधि पसलका सञ्चालकलाई पक्राउ गरिएकोमा दुईजना फरार भएका छन् । 

बाँकी औषधि बरामद गरिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका- ७ हल्दुखालबाट विमला उपाध्याय, भीनपा- १० गड्डाचौकीका सुरेश पाण्डेय, मोहन रोकाया र भीनपा- १६ मझ गाउँका राजेन्द्रबहादुर चन्द छन् । भीनपा- १३ साझा चौराहका रामबहादुर विष्ट र भीनपा- १६ वसन्तपुरका वीरेन्द्रराज पन्त फरार रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु